Prabhu Life Ad Final

स्मार्ट कार्ड नेपालले स्क्रयाच कार्ड र डिजिटल वालेट सञ्चालन गर्ने

IME PAY
IME Life

काठमाडौं । स्मार्ट कार्ड नेपालले नेपाल राष्ट्र बैंकबाट भूक्तानी तथा बचत सेवा प्रदायकको अनुमति पाएको छ । राष्ट्र बैंकले यस कम्पनीलाई भूक्तानी तथा फर्छ्यौट विनियमावली अनुसार अनुमति पत्र (अपरेटिङ लाइसेन्स) दिएको हो ।

राष्ट्र बैंकले गत सोमबारको कम्पनीलाई भूक्तानी तथा बचत सेवा प्रदायकको अनुमति दिने निर्णय गरेको थियो । अनुमति पाएसँगै चाँडैनै कारोबारमा जाने कम्पनीले जानकारी दिएको छ ।

२०७१ सालमा स्थापना भएको स्मार्ट कार्ड नेपाल डिजिटल प्रविधीमा आधारित पेमेन्ट एण्ड डिपोजिट गेटवे कम्पनी हो। कम्पनीले अत्याधुनिक प्रविधी युक्त प्रिपेड स्क्रयाच कार्ड (स्मार्ट स्क्रयाच कार्ड) र डिजिटल वलेट (स्मार्ट वालेट) को माध्यम बाट सेवा प्रवाह गर्ने जनाएको छ ।

कम्पनीको प्रिपेड स्क्रयाच कार्ड मार्फत नेपालका सबै बैंक तथा वित्तिय संस्थामा रहेका खाताहरुमा तुरुन्तै रकम जम्मा गर्न सकिने कम्पनीका अध्यक्ष प्रतापजंग पाण्डेले जानकारी दिए ।

अध्यक्ष पाण्डेका अनुसार प्रिपेड स्क्रयाच कार्डमाफर्त कम्पनीको आफ्नै डिजिटल वालेट लोड गरी सोही वालेट मार्फत विभिन्न आर्थिक कारोबार गर्न सकिनेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS