IME Life
GBIME

बैंक अफ काठमान्डूको साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बैंक अफ काठमान्डूको २४ औं वार्षिक साधारण सभा आज बिहीबार (असोज ३० गते) हुँदै छ । उक्त सभा एलिस रिसेप्सन, गैह्रीधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु भएको बैंकले जनाएको छ ।

सभामा बैंकले १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको कमाईबाट ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस वितरण गर्दैछ । बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा रहेको जनाएको छ ।

Crest

त्यस्तै, सभामा आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ देखि आजसम्म बुक क्लोज गरेको छ । त्यसकारण असोज १५ गतेसम्म कायम सेयरधनीले बैंकले वितरण गर्ने लाभांश दाबी गर्न पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ रहेको छ । ६५ बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुग्नेछ । अ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS