Prabhu Life Ad Final

नेपाल प्रहरीमा १५ हजार दरबन्दी रिक्त

IME PAY
IME Life

काठमाडौँ । नेपाल प्रहरीमा १५ हजारको हाराहारीमा दरबन्दी रिक्त रहेको छ । जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ जनाको दरबन्दी रहेको नेपाल प्रहरीमा हाल ६४ हजार ३ सय २३ जना मात्रै प्रहरी कार्यरत छन् ।

पुरानो ११ हजार ६ सय ४ दरबन्दी रिक्त रहेको नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ नयाँ दरबन्दी थप्ने प्रस्ताव स्वीकृति भएसँगै १५ हजार ३ सय दरबन्दी खालि भएको हो । नयाँ दरबन्दी थप गर्ने प्रस्ताव स्वीकृत भए पछि भने कुल दरबन्दी ७९ हजार ५ सय २३ पुगेको छ । नयाँ दरबन्दी स्वीकृतिअनुसार नेपाल प्रहरीमा प्राविधिक एक, तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदको दरबन्दी थप हुनेछ ।

यस्तै, प्रहरी उपरीक्षक (एसपी)मा चार, प्रहरी नायब उपरीक्षक (डिएसपी) २१, २७ जनपद, र २० प्राविधिक गरी प्रहरी निरीक्षक ४७ जना थपिने छन् । यस्तै, प्रहरी नायब निरीक्षक ८६, प्रहरी सहायक निरीक्षक २९७, प्रहरी हवल्दार ६८३, प्रहरी जवान २ हजार २१६ प्रहरी जवान र कार्यालय सहायक २३९ थपिने भएका छन् ।

३ हजार ५ सय ९६ दरबन्दी थप भएको नेपाल प्रहरीमा प्राविधिक तर्फ १ सय २९ जनाको दरबन्दी थप भएका छन् । एसएसपी १, एसपी २, डीएसपी १२, इन्ेपेक्टर २० गरी जम्ममा १२९ जनाको दरबन्दी थप भएको हो ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS