IME Life

पहिलो खुलामुखी म्युचुअल फन्डको कारोबार शुरु

SPIL
NIC ASIA

काठमाडौं । नेपालकै पहिलो खुल्लामुखी सामूहिक लगानी कोषका इकाईहरुको खरिद असोज २७ गते सोमबार देखि विक्री सुरु भएको छ । फण्डको योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले कारोबार विक्री सुरु भएको जनाएको छ ।

फण्डको १० रुपैयाँका दरले २० करोड रुपैयाँ बराबरको २ करोड इकाई सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता भएको छ । खुल्लामुखी प्रकृतिको उक्त फण्डको इकाई एनआईबिएल एस क्यापिटल तथा क्यापिटलको शाखा कार्यालय मार्फत मात्र खरिद बिक्री हुनेछ ।

Prabhu
Crest

योजनाका इकाईहरु एनआईबिएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु बिराटनगर,बिरगञ्ज,लगनखेल,बुटवल,पोखरा तथालालदरवार बाट र नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका शाखाकार्यालयहरु बिर्तामोड,लालवन्दी,बीरगञ्ज,सिपाडोल,नारायणगढ,हेटौंडा,नेपालगंज,तुलसिपुर,सुर्खेत तथा धनगढी बाट समेत खरिद बिक्री गर्न सकिने जनाएको छ ।

कारोवारको पहिलो दिन लगानीकर्ताहरुबाट बिभिन्न किसिमका जिज्ञासाहरु राख्नुका सथै ब्यवस्थित लगानी योजनाको बारेमा उत्साहपूर्वक जानकारी लिईएको र उक्त दिन २ हजार ८०० इकाई बिक्री तथा १ हजार ५०० इकाई पुर्न खरीद भएको जानकारी समेत योजना ब्यवस्थापकले दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS