IME Life

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकको २५ दशमलव २६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज मंगलबार (असोज २८ गते) अन्तिम दिन रहेको । कात्तिक ७ गते साधारण सभा बोलाएको यस बैंकले बुधबार (असोज २९ गते) बुक क्लोज गर्दैछ । यसर्थ, मंगलबारसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १ अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

Prabhu
Crest

सभामा बैंकले अन्य वित्तीय संस्था एक्वायर गर्न पनि तयार देखिएको छ । कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा लगिदैछ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

बोनस पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधनको एजेन्डा पनि छ ।

हाल बैंककोचुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ छ । प्रस्तावित बोनसपछि पुँजी ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS