काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पाँच पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले बरिष्ठ प्रबन्धक (व्यवस्थापकीय), अनुगमन अधिकृत (कनिष्ठ अधिकृत) अधिकृत श्रेणी, शाखा प्रबन्धक (सुपरभाईजर/बरिष्ठ सहायक/सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको हो ।
संस्थाले बरिष्ठ प्रबन्धक (व्यवस्थापकीय) पदका लागि १ जना कर्मचारी माग गरेको छ । त्यस्तै, संस्थाले अनुगमन अधिकृत (कनिष्ठ अधिकृत) अधिकृत श्रेणी, शाखा प्रबन्धक (सुपरभाईजर/बरिष्ठ सहायक/सहायक), कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी पदका केही कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।