IME Life

सिन्धुपाल्चोक भोटसिपामा बस दुर्घटना, ८ जनाको मृत्यु, झण्डै करोड बीमा दावी पर्ने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । दशैं मनाएर सिन्धुपाल्चोकबाट कार्यक्षेत्र काठमाडौं फर्केका यात्रुहरुले भरिएको एक बस शुक्रबार विहान दुर्घटना हुँदा आठ जना यात्रुको मृत्यु भएको छ भने झण्डै तीन दर्जनभन्दा बढि घाइते भएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका १० बडहरेबाट काठमाडौं आउँदै गरेको बा२ख २७१५ नम्बरको यात्रुबाहक बस भोटसिपाको तिखुमोडमा दुर्घटनामा परेको हो । दशैं मनाएर काठमाडौं फर्कदै गरेका ७० भन्दा बढि यात्रु रहेको जनाइएको छ । दुर्घटनास्थल काभ्रेको जिरोकिलोबाट मेलम्चीतर्फ करिब १५ किमीको दुरीमा पर्दछ ।घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धार कार्य जारी रहेको बताइएको छ । सार्वजनिक यातायात दुर्घटनामा परी धेरै धनजनको क्षति भएका कारण तेस्रो पक्ष बीमा अन्तर्गत झण्डै करोड रुपैयाँ बीमा दावी पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Crest

सडकबाट झण्डै डेढ सय मिटर तल खसेर दुर्घटनाग्रस्त बनेको घाइतेको यकिन संख्या प्राप्त भएको छैन । स्थानीय प्रत्यक्षदर्शीले अधिकां यात्रुहरु घाइते भएको जनाएका छन् । हाल उद्धार कार्य जारी रहेकाले मृतकको सनाखत गर्ने हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS