IME Life

रोशनी शाहीद्वारा नेपाली कागजमा हस्ताक्षर, पतिसँग सम्बन्ध बिच्छेद गर्दै

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरासँग नाम जोडिएकी रोशनी शाहीले श्रीमानसँग सम्बन्ध बिच्छेद गर्ने सहमति गरेकी छिन् । २०४८ सालमा विवाह बन्धनमा बाँधिएकी रोशनी शाहीले श्रीमान चित्र जंग शाहीसँग सम्बन्ध बिच्छेद गर्दै हिजो नेपाली कागजमा हस्ताक्षर गरेकी छिन् ।

रोशनी र चित्रजंग दुवैले २८ बर्ष लामो वैवाहिक जीवनबाट अलगत हुने सहमति गर्दै कागजमा सही गरेका छन् । उनीहरुले छिट्टै कानुनी उपचार सुरु गर्ने सहमति गरेका छन् । पोखरामा रहेका उनका श्रीमान काठमाडौं आएपछि सहमति गरेका हुन् ।

Crest

दुवै जनाले हस्ताक्षर गरेको कागज चित्रजंग शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सम्भतः उनीहरुले आज वा भोलि नै काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्दा दर्ता गर्दैछन् । रोशनीले श्रीमानसँग सम्बन्ध बिच्छेद गरेपछि निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथि थप दवाव बढ्ने देखिएको छ । दुवै बीचको सहमति पत्रमा खुशीसाथ अलग बस्ने कानुनी प्रक्रिया सुरु गर्ने जनाएका छन् ।

गत आइतबार काठमाडौंको तीनकुनेस्थित रोशनीको कोठामा सभामुख कृष्ण बहादुर महरा गएको र त्यहाँ दुव्र्यवहार भएको भन्दै रोशनीले प्रहरी तथा सञ्चार माध्यमहरुमा मौखिक रुपमा उजुरी गरेकी थिईन । त्यसलगत्तै भोलिपल्ट सञ्चार माध्यममा रोशनीले दुव्र्यवहार बारे भिडियोसहित प्रशारण भएको थियो । रोशनी संसद सचिवालयमै कार्यरत स्टार्फ नर्स हुन् । सभामुख कृष्ण बहादुर महराले अभियोगसँगै पदबाट राजिनामा दिइसकेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS