IME Life

शिवम् सिमेन्टको सधारणसभा कार्तिक ८ गते, पाँच जना सञ्चालकको निर्वाचन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । शिवम सिमेन्टले कात्तिक ८ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सोही साधारण सभासाधारणसभाबाट ५ जना संस्थापक संञ्चालकहरुको निर्वाचन गर्ने भएको छ ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांस सहित साधारणसभा आव्हान गरेको हो । उक्त सभाले १५ दशमलव ७८ प्रतिशत नगद लाभांस प्रस्ताव पारित गर्ने एजेण्डा छ ।

Prabhu
Crest

साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यद्यपी असोज २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र नगद लाभांस पाउने छन् ।

त्यस्तै, सभामा परियोजनाका लागि आवश्यक ऋण चुक्ता पूँजीभन्दा बढि लिनु पर्ने अवस्थामा त्यसको निर्णय गर्ने पूर्ण अधिकार संचालक समितिलाई दिने प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ ।

संस्थापक शेयरधनीहरुले सञ्चालकमा उमेद्वारी दिन चाहेमा साधारणसभा हुनु भन्दा ७ दिन अगावै उमेदवारी दर्ता गर्नु पर्ने छ समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS