काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको १२ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । मायोजनपछि बुधबार यसको सेयर कारोबार ३८७ रुपैयाँ ५० पैसालाई आधार मानेर खुल्नेछ ।
कात्तिक ७ गते हुने सभामा लागि कम्पनीले आज बुधबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको हो । मंगलबार सम्म मात्र कायम सेयरधभनीले १२ प्रतिशत बोनस सेयर सुरक्षित गर्न सक्नेछन् ।
सभामा कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत लैजाने जनाएको छ ।
लघुवित्तले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २ करोड ४८ लाख ८८ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्न लागेको हो ।
हाल आशाको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।