Prabhu Life Ad Final

निर्धन उत्थान लघुवित्तद्धारा ब्यवसायिक बाख्रा पालन तालिम सम्पन्न

IME PAY
IME Life

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका ३० जना ग्राहक सदस्यहरुको सहभागितामा रुपन्देही जिल्लाको रामापूर मूर्गीयामा “ब्यवसायिक बाख्रा पालन तालिम” सम्पन्न गरेको छ ।

तालिममा प्रशिक्षकहरु झविन्द्र वन्जाडे, इन्द्र वहादूर खड्का, शाखा प्रमुख जिवराज पौडेल र क्षेत्रीय प्रमुख शंभू न्यौपाने रहनुभएको थियो ।

लघु उद्यमीलाई विकास गर्न र एक परिवारमा एक जना उद्यमी बनाउन पहल गरीरहेको संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिईरहेको र यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नती तर्फ अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख शंभू न्यौपानेले बताउनुभएको थियो ।

निर्धन उत्थानलघुवित्त वित्तीय संस्था देशको ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा प्रदान गरिरहेकोे छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशील विकास तालिम, वित्तीय साक्षरता ब्यवसायीक साक्षरता र सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आईरहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS