काठमाडौं । ग्लोबल आइएमई बैंकले २५ दशमलव ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज १४ गते सम्पन्न ३२९ औं बैठकले प्रतिशत १२।७५ बोनस र बोनसमा लाग्ने कर सहित १२।७५ प्रतिशत नै नगद लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ । बैंकले १ अर्ब २८ करोड ८८ लाख १४ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, सोही बराबरको रकम नगद बाँड्नेछ ।
हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ रुपैयाँ छ । बोनस सेयरपछि भने पुँजी ११ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ पुग्नेछ ।