काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर बिक्री गर्न असोज २७ गते बुक क्लोज गर्ने भएको छ । अब असोज २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद दाबी गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले १०ः२ को अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले लुम्बिनीको यो हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।
हाल यसको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । यही चुत्ता पुँजीबाट २०५ हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद निष्कासनपछि भने चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गर्नेछ ।