Prabhu Life Ad Final

आइसिएफसि फाइनान्सकोे २० करोडको ऋणपत्रले कतीे पायो रेटिङ ?

IME PAY
IME Life

काठमाडौं । आइसिएफसि फाइनान्सले २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न रेटिङ्ग गराएको छ । कम्पनीले गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी माइनस) रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको कूल २ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

ऋणपत्र निष्कासनको लागि कम्पनीले धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन। बोर्डबाट अनुमति पाएपछि मात्र ऋणपत्र निष्काशनको काम अघि बढ्नेछ ।

बोर्डको अनुमति पश्चात कम्पनीले सात वर्ष अवधिका लागि वार्षिक १२ प्रतिशत ब्याजदरमा २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS