IME Life
Beema Board

आजबाट दशैं सुरु, टीकाको साईत २१ गते १०ः३५ बजेलाई तोकियो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । घटस्थापनासँगै नेपालीहरुको महान् पर्व बडा दशैं औपचारिक रुपमा सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो । देवीहरुको पूजासहित नेपालीहरुले घरघरमा जमरा राखेर पूजाआजासहित दशैं सुरु गरिएको हो ।

घटनस्थापनाको दिन राखिएको जमराको नौ दिनसम्म विधिपूर्व नवदुर्गा देवीसहितका शक्तिपीठहरुको पूजा गरी दशमीको दिन बिसर्जन गर्ने गरिन्छ । आज राखिएको जमरा दशमीका दिन उम्रेको टुसालाई देवीको प्रसादको रुपमा ग्रहण गर्ने आम प्रचलन छ ।घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्रको नामले नेपाली माँझ परिचित छ । नवरात्र अवधीलाई अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गर्ने चलन छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नवरात्र अवधीभर नेपालका शक्तिपीठहरुमा पूजा आरधना गर्नेहरुको ठूलो भिड लाग्ने गर्दछ । नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गर्ने गरिन्छ ।

Prabhu
Crest

यसैबीच, दशैंको टीकाको साईत निर्धारण गरिएको छ । यस वर्षको बडा दशैंको टीकाको साइत असोज २१ गते १०ः३५ बजे निर्धारण गरिएको छ । दशैंको टीका मंगलबार परेका कारण अशुभ हुन्छ कि भन्ने भय जनतामा पर्न गएको छ । विजया दशमीका दिन बिहान ८ः४५ बजे देवी विसर्जन गरेपछि १०ः३५ को शुभ साइत तय गरिएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS