IME Life

सानिमा बैंकको साधारण सभा असोज २९ गते, २१.०५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंकको २१ दशमलव ०५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज आइतबार (असोज १२ गते) अन्तिम दिन रहेको छ । बैंकले असोज २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नक्साल ब्यांकेट, नाराणचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । उक्त सभा प्रयोजनका लागि बैंकले सोमबार (असोज १३ गते) बुक क्लोज गर्दैछ ।

बैंकले गत वर्षको नाफाबाट ११ दशमलव ०५२ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१ दशमलव ०५२ प्रतिशत लाभांश दिन लागेको हो । साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, बैंकले बोनसमा लाग्ने कर सहित ८८ करोड ४३ लाख ४६ हजार ७५८ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्न २०७५–७६ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सानको हिसाबकिताब प्रतिवेदन छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

त्यसैगरी सभामा बैंकले आगामी वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । कुनै उपयुक्त बैंक वा वित्तीय संस्थामा मर्जर वा एक्विजिसनमा जानु परेमा आवश्यक सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS