IME Life

नेपाल लाइफ, शिखर, सूर्या लाइफ, नेको, एशियन लाइफ र नेपाल इन्स्योरेन्सलाई बिजनेश कन्क्लेभ अवार्ड

SPIL
NIC ASIA

काठमाडौं । यस वर्षको बिजनेश कन्क्लेभ तथा अवार्ड २०१९ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी सूर्या लाईफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ र नेपाल इन्स्योरेन्स र नेको इन्सोरेन्स कम्पनीले प्राप्त गरेका छन् । न्यू बिजनेश एज प्रा.लिले आयोजना गरेको कार्यक्रममा बैंकिङ, फाईनान्स, माईक्रोफाइनान्स तथा बीमा कम्पनी अन्तर्गतको पनि जीवन बीमा र निर्जिवन बीमा विधा गरी कन्क्लेभ तथा अवार्ड वितरण गरिएको थियो । प्रमुख अतिथिको रुपमा अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको सो कार्यक्रममा अवार्ड वितरण गरिएको हो ।

कार्यक्रममा ‘बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले प्राप्त गरेको छ भने सोही विधाको ‘फस्र्ट रनर अप’मा को उपाधी सुर्या लाइफ इन्स्योरेन्स कम्पनी पाएको छ । त्यस्तै, ‘सेकेन्ड रनर अप’ को उपाधी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई अवार्ड प्रदान गरिएको छ ।

Prabhu
Crest

यस्तै ‘बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’ अवार्ड शिखर इन्स्योरेन्स कम्पनीले प्राप्त गर्न सफल भएको छ भने निर्जिवन विधामा ‘फस्र्ट रनरअप’को अवार्ड नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त गर्न सफल भएको छ । त्यस्तै ‘सेकेन्ड रनर अप’ को उपाधी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त गर्न सफल भएको छ ।

कार्यक्रममा बुद्ध एयर प्रालि यस वर्षको ‘बेस्ट म्यानेज्ड कम्पनी’ अवार्डबाट सम्मानित गरिएको छ । बुद्ध एयर कम्पनीको पारदर्शिता, नियमनको अनुपालना, सार्वजनिक छविलगायतका विभिन्न मापदण्डका आधारमा जुरीले कम्पनी छनोट गरेको सो अवसरमा जानकारी दिइएको थियो । यसैगरी, ‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’ कन्क्लेभ अवार्डबाट द्वारिकाज होटलकी अध्यक्ष अम्बिकादेवी श्रेष्ठलाई सम्मान गरिएको छ । कार्यक्रममा ‘बेस्ट म्यानेज्ड कमर्शियल बैंक’ अवार्डबाट एभरेष्ट बैंक लिमिटेड सम्मानित भएको छ । ‘फस्र्ट रनरअप’को अवार्ड स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड र ‘सेकेन्ड रनर अप’को अवार्ड एनआईसी एशिया बैंक लिमिटेडलाई प्रदान गरिएको छ ।

त्यस्तै विकाश बैंक विधामा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्डबाट गण्डकी डेभलपमेन्ट बैंक लिमिटेडलाई सम्मान तथा अवार्ड प्रदान गरिएको छ । सोही विधामा ‘फस्र्ट रनरअप’को अवार्ड गरिमा डेभलपमेन्ट बैंक लिमिटेड र बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक र ‘सेकेन्ड रनर अप’को अवार्ड मुक्तिनाथ डेभलपमेन्ट बैंक लिमिटेडलाई प्रदान गरिएको छ ।

त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड, पोखरा फाइनान्स कम्पनी लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था, फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्थालाई पनि सम्मान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS