IME Life
Beema Board

सुबिसु आगोलागीको बीमा दावी भुक्तानी शंकास्पद, शिखर इन्स्योरेन्सको अण्डरराईटिङमा समस्या पर्नसक्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आगोलागीबाट इन्टरनेट र टिभीको सर्भर ध्वस्त भएको सुबिसु केवल नेटलाई शिखर इन्स्योरेन्स कम्पनीले केही दिन पहिले गरेको अग्रिम बीमा दावी भुक्तानी शंकास्पद देखिएको छ ।कम्पनीले बीमा दावी भुक्तानी रकम गोप्य राखेको छ भने प्रिमिलरी रिपोर्टमा समेत धेरै कैफियत देखिएका छन् । शिखर इन्स्योरेन्सले रि इन्स्योरेन्सबाट भुक्तानी प्राप्त भएपछि हिसाब मिलान गर्ने गरी ठूलो रकम अग्रिम भुक्तानी गरेको सूत्रको दावी छ । भुक्तानी गरिएको रकमबारे शिखर इन्स्योरेन्स र सुविसु केवल नेटलाई खुलाउन इन्कार गरेका छन् । सुबिसुलाई अग्रिम भुक्तानी बापत दिएको रकमबारे इन्स्योरेन्स खवरले जिज्ञाशा राख्दा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले कुनै जवाफ दिएनन् ।

उता, सुबिसुका ट्रेजरी विभागका अनिल कुमार बोहराले पनि शिखर इन्स्यारेन्सबाट प्राप्त भुक्तानी रकमबारे खुलाउन मानेनन् । भुक्तानी करोडभन्दा माथि नै भएको सूत्रको दावी छ । यद्यपि कति रकम हो भनेर दुवै पक्षले खुलाउन चाहेका छैनन् । गोप्य रुपमा गरिएको भुक्तानीबारे शिखर इन्स्योरेन्सको क्लेम विभाग बेखवर छ भने लेखा शाखाले समेत औपचारिक जानकारी दिन मान्दैन ।

Prabhu
Crest

प्रिमिलरी रिपोर्टमै कैफियत रहेकाले फस्र्यौट गर्ने समयमा अण्डरराईटिङमा समस्या पर्न सक्ने शिखर इन्स्योरेन्सकै एक स्रोतले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS