IME Life
Beema Board

बोनस शेयर बापतको कर जम्मा गर्न सगरमाथा इन्स्यारेन्सको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफना शेयरधनीलाई गत आर्थिक वर्ष २०७४।०७५ को नाफाबाट वितरण गरेको बोनसको कर तिर्न आग्रह गरेको छ । कम्पनीले बोनसका लाग्ने लाभकरका लागि नगद लाभांश वितरण नगरेकाले शेयरधनीबाटै बोनसमा लाग्ने कर तिर्न आग्रह गरेको हो ।

कम्पनीले लाभांश प्राप्त गर्ने शेयरधनीले लाभकर वापतको रकम ग्लोबल आइएमई बैंकमा रकम जम्मा गराउन आग्रह गरेको छ । साथै कम्पनीले असोज २ गतेसम्म लाभकर बापतको रकम जम्मा गरिसकेका शेयरधनीहरुको बोनस असोज ८ गते शेयरधनीको डिम्याट खातामा जम्मा गरिसकेको जनाएको छ ।

Prabhu
Crest

कम्पनीले साधारण सभाका लागि शेयरधनी दर्ता किताब बन्द गरेको अघिल्लो दिन अर्थात २०७६ जेठ ३१ गतेसम्म कायम शेयरधनीले मात्रै इन्स्योरेन्सको बोनस पाउनेछन् । कम्पनीको २०७६ असार १३ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले शेयरधनीलाई चुक्ता पुँजीको ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

त्यस्तै हालसम्म हतिग्राही खाता नखोलेका शेयरधनीहरुलाई सिडिएस एण्ड क्लियरिङबाट निक्षेप सदस्यहरुको रुपमा काम गर्न स्वीकृत प्राप्त निक्षेप सदस्य मार्फत हितग्राही खाता खोली शेयर अभौतिकीकरण गर्न सकिने कम्पनीले जनाएको छ । साधारण सभाका लागि बुकक्लोज गरिएको अवधिमा शेयर रोक्का रहेका शेयरधनीहरुले कर बापतको रकम जम्मा गरी शेयर फुकुवा पत्र बैंकलाइ दिएपछि मात्र बोनस शेयर शेयरधनीको खातामा पठाउने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS