Prabhu Life Ad Final

समता लघुवित्तद्धारा ३१.५८ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव ५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभाश दिने निर्णय गरेको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिशत बोनस र १६ दशमलव ५ प्रतिशत नगद गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

NLIC

कम्पनीले ९१ लाख ८०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । १ करोड ९१ लाख ५९ हजार ५७९ रुपैयाँ नगद बाँड्ने प्रस्ताव गरेको जनाएको छ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने जनाएको छ । अघिल्लो वर्ष समताले ६ दशमलव ६६ प्रतिशत बोनस सेयर र ७ दशमलव ३६ प्रतिशत नगद गरी कुल १४ दशमलव ०२ प्रतिशत लाभांश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App