Prabhu Life Ad Final

मेगा बैंकमा गण्डकी विकास बैंक गाभीने , प्रकृया अघि बढ्यो

IME PAY
IME Life

काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएको छ । बैंकले असोज ८ गते गण्डकी विकास बैंक प्राप्ती गर्ने सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरेको हो ।

मेगा बैंकमा बुधबार भएको सैद्धान्तिक सहमतिपत्रमा दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले हस्ताक्षर गरेका हुन्। मर्जर पछि बन्ने बैंकको नाम मेगा बैंक लिमिटेड रहनेछ भने बैंक संचालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि मेगा बैंककै रहनेछन् ।

गण्डकी विकास बैंक लिमिटेडको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशिघ्र अघि बढाएको कम्पनीले जनाएको छ । आषाढ मसान्त २०७६ को तथ्याङ्क अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आका ९८ अर्ब रहेको र हालको शाखा संख्या १९१ पुगेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS