काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्थाले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले सूचना प्रविधि र लेखा बिभागको लागि विभागीय प्रमुख, सञ्चालन विभाग र आन्तरिक लेखापरीक्षण विभागीय प्रमुख, सुपरभाईजर र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो ।
संस्थाले लेखा बिभागको लागि विभागीय प्रमुख र सञ्चालन विभाग र आन्तरिक लेखापरीक्षण विभागीय प्रमुख पदका लागि १÷१ जना कर्मचारी माग गरेको छ । त्यस्तै, लघुवित्तले सुपरभाईजर पदका लागि १६ र कनिष्ठ सहायक पदका लागि ४८ जना कर्मचरी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।