IME Life
GBIME

बाढीग्रस्त लाफिङबुद्ध जलविद्युत कम्पनीलाई एभरेष्ट इन्स्योरेन्सद्वारा एक करोड भुक्तानी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । यसै वर्षको वर्षायाममा बाढीले क्षतिग्रस्त बनाएको लाफिङ बुद्ध हाईड्रोपावर कम्पनीलाई एभरेष्ट इन्स्योेरेन्स कम्पनीले एक करोड रुपैयाँ अग्रिम बीमा दावी भुक्तानी गरेको छ ।

Crest

एभरेष्ट इन्स्योरेन्स कम्पनीले बुधबार लाफिङ बुद्ध हाईड्रोपावरका म्यानेजर सागरमान सिंहलाई अग्रिम बीमा दावी भुक्तानी बापतको एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बीमा कम्पनीका प्रमुख मार्केटिङ म्यानेजर सुदर्शन श्रेष्ठले सो रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । विपत पर्दा जोखिम बहन गर्नको लागि बीमा गरिएको र सो क्षतिको पूर्ण विवरण आई राफसाफ हुन समय लाग्ने हुँदा क्षतिको प्रारम्भिक अनुमान गरी कम्पनीलाई राहत दिन एक करोड रुपैयाँ अग्रिम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS