IME Life
Beema Board

नेपाल इन्स्यारेन्स उत्कृष्टताको गन्तव्यमा अघि बढ्दै :विजय बहादुर शाह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अबको दुई बर्षमा उत्कृष्ट कम्पनीको स्थानमा पुग्ने नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले बताए । नेपाल इन्स्योरेन्स कम्पनीको ७२ औँ बार्षिकउत्सव अवसरमा वुधबार आयोजित कार्यक्रम बोल्दै, उनले नेपाल इन्स्योरेन्स उत्कृष्टताको यात्रामा अघि बढीसकेको जानकारी दिए ।

बार्षिकउत्सव समारोहमा बोल्दै कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्माले हामी जेष्ठ कम्पनीलाई सर्वश्रेष्ठ बनाउने अभियान लागेको यसमा कम्पनीमा आवद्ध सबैजनाको हातोमालो जरुरी रहेको बताए । कर्मचारीको “कम्पनीको व्यवस्थापक , कर्मचारीहरु बिच सहकार्य हुन सक्यो भने कम्पनीको प्रगति हुनसक्छ,” उनले भने ।

Prabhu
Crest

कम्पनीका डिसिईओ विक्रान्त पाण्डेले कार्यक्रममा बोल्दै, ज्येष्ठताका साथ–साथै व्यवसायका रुपमा पनि श्रेष्ठ कम्पनीका रुपमा स्थापित गर्ने संकल्प कम्पनीले लिएको बताए ।


उक्त अवसरमा कम्पनीले उत्कृष्ट कर्मचारीलाई पुरुस्कृत समेत गरेको छ । समारोहमा कम्पनीमा २५ वर्ष देखि कार्यरत हेर बहादुर महर्जनलाई दिर्घ सेवा पदक प्रदान गरिएको थियो । त्यस्तै २० वर्षको सेवा अवधि पूरा गरेका कर्मचारीहरु सावित्रि श्रेष्ठ र दिपक भुजेल पुरस्कृत भएका थिए ।

त्यस्तै उत्कृष्ट शाखा प्रमुखहरुमा धनगढीबाट सागर बम, होटौडाबाट सन्त बहादुर गुरुङ र थानकोट संतुगलबाट अस्मिता श्रेष्ठ र काठमाडौं मुख्य कार्यलयबाटमा कमला कुवंर सम्मानित भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS