GBIME
IME Life

नानी बाबुको दशैँ तिहारको दक्षिणाले शेयर किन्ने बानी बसालौँ तर कस्ता कम्पनी किन्ने त ?

SPIL
NIC ASIA new
Sanima Reliance

दशैँ आउन थाल्यो, दशैँमा आफू भन्दा ठूलाको हातबाट टिका लगाएर दक्षिणा लिने पनि एउटा परम्परा नै छ । दशैँमा धेरै थोरै सबैले आफू भन्दा ठूलाको हातबाट दक्षिणा ग्रहण गर्दै केही पैसा जम्मा भएको पाइन्छ । झन भर्खरका नानी बाबुहरुलाई त दशैँमा नयाँ नोट नभई हुँदै हुँदैन ।

“शेयर बजारमा लगानी गर्न ठुलो पैसा चाहिन्छ त्यसमा पनि दोस्रो बजारमा ठूलो पैसा नभए सम्म लगानी गर्न सकिँदैन  “यो एउटा ठुलो भ्रम नेपाली सर्वसाधारणको मानसिकतामा बसेको छ । शेयर बजार भनेको सायद सबै भन्दा थोरै पूँजीबाट लगानी गर्न सकिने क्षेत्र हो । यहाँ प्राथमिक बजार मात्र होइन निकै सानो पूँजीले पनि दोश्रो बजारबाट शेयरमा लगानी गर्न सकिन्छ । शेयर बजार भनेको यस्तो क्षेत्र हो जहाँ सजिलै पैसा निकाल्न र लगाउन सकिन्छ ।

SKYWELL
Crest

अहिलेको अवस्था हेर्दा दोश्रो बजारमा शेयरको मूल्य निकै सस्तिएको छ । आजको दिनमा राम्रा राम्रा वाणिज्य बैंकहरुको शेयर प्रति कित्ता २०० को आसपासमा आएको अवस्था छ, त्यस्तै केही राम्रा राम्रा विकास बैंकहरु पनि १५० देखि २०० को बिचमा घुमिरहेको अवस्था छ । अहिलेको समयमा लगानी गर्न लगानीकर्ताले निकै ठुलो पूँजी लगाउनु पर्ने अवस्था छैन ।

एउटा सामान्य नानी बाबुको दशैँमा ५ हजार दक्षिणा भयो भने त्यो रकमबाट प्रति कित्ता २०० पर्ने राम्रो वाणिज्य बैङ्कको २५ कित्ता जति शेयर आउँछ । आज तपाईँले आफ्नो बच्चाको नामबाट किनिदिनु भएको राम्रो कम्पनीको शेयरले १०(१५ वर्ष पछि बच्चा ठुलो हुँदा सम्म त्यो शेयरले निकै ठुलो प्रतिफल दिन सक्षम हुन्छ । नाफामा भएका कम्पनीले वर्षमा एक पटक दिने लाभासंले गर्दा पनि तपाईँले आज लगानी गर्नु भएको थोरै पूँजी पनि भविष्यमा निकै राम्रो अवस्थामा पुग्ने अवस्थाको सिर्जना हुन्छ ।

वारेन बफेटले भनेका छन् फजुल खर्च गर्ने भनेको लगानी गरेर बाँकी भएको पैसाले मात्र हो । हामीले बेला बेलामा थोरै थोरै जम्मा भएर आएको पैसाले आफ्ना नानीबाबुको नाममा शेयर लिएको अवस्थामा साहेद भविष्यमा तपाईको नानी बाबुको उच्च शिक्षालाई सहयोग पुग्ने अवस्थाको सिर्जना हुने छ ।

प्राप्त भएको दक्षिणालाई बैङ्कमा राख्दा त्यति ठुलो प्रतिफल आउँदैन, अन्य क्षेत्रमा लगानी गर्न त्यो पैसा निकै सानो हुन्छ । त्यसैले फजुल वस्तुहरुमा खेर जाने नानी बाबुको दक्षिणालाई शेयरमा लगानी गर्न सके भविष्यमा त्यसले कुनै न कुनै दिन सहयोग पुग्ने नै छ ।

दशैँ तिहारको दक्षिणा मात्र होइन नानी बाबुको जन्म दिनमा केही रकमको शेयर किन्दिनु होस, यसरी सानो सानो पुँजीलाई लगानीमा रूपान्तरण गर्ने काम गरौँ ।

नानी बाबुको दक्षिणाले कस्ता खालका कम्पनी लिने ?

१. दिन प्रति दिन आफ्नो व्यापार व्यवसाय वृद्धि गर्दै गएको र नाफामा गएको
२. जगेडा कोष मजबुत भएको र कम्पनीको किताबी मूल्य १०० भन्दा माथि भएको
३. कम्पनीले निरन्तर लाभांस दिदै आएको
४. कम्पनीको मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम भएको
५. बजार मूल्य र किताबी मूल्यको अनुपात १ दशमलव ५ गुणाको वरीपरि भएको
६. सस्थागत सुशासन राम्रो भएको
७. कम्पनीको प्रमुख आम्दानीको श्रोत वृद्धि हुँदै गएको
८. बैंक तथा वित्तिय सस्था हो भने खराब कर्जा कम भएको

थोरै रकम भएपनि लगानी विविधिकरण गर्नुस, सके सम्म धेरै कम्पनीमा लगानी गर्नुस जसले गर्दा जोखिम न्यूनीकरण हुन्छ । एक पटक शेयर किन्ने वित्तिकै विर्सने बानी नगर्नुस, कम्पनीको अवस्था र व्यवस्थापन नराम्रो हुन् थाल्यो भने अर्को कम्पनीमा लगानी सार्नु पनि बुद्धिमानी हुन्छ ।

नानी बाबुको रकम त्यस्तिकै राख्नु भयो भने त्यो रकम सजिलै खर्च हुन् सक्छ तर शेयर बजारमा राम्रो राम्रो कम्पनीको शेयरमा लगानी गर्नु भयो भने प्रतिफल पनि पाईन्छ र भविष्यमा ठुलो खर्च पनि टर्छ । वचतलाई लगानीमा रुपान्तरण गर्न सक्ने बानीको विकास गर्न अभिभावकले आजै देखि लाग्न जरुरी छ । वारेन बफेटले एक पटक भनेका थिए मैले शेयर बजारमा लगानी गर्न ढिलो गरे तर उनले शेयर बजारमा एघार वर्षको कलिलो उमेरमा नै शेयर बजारको यात्रा सुरु गरेका थिए । त्यसैले नानी बाबुको भविष्यलाइ सोचेर थोरै थोरै रकम आजै हामीले शेयर बजारमा लगानी गर्दा भविष्यमा त्यसले राम्रो प्रतिफल दिन  सक्छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS