IME Life

२१ प्रतिशत लाभांस पारित गर्न सानिमा बैंकले बोलायो साधारण सभा, यस्ता छन् अन्य प्रस्तावहरु

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले २१.०५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले ११.०५२३ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१.०५२३ प्रतिशत लाभांश दिन लागेको हो ।

बैंकले साधारण सभाबाट अनुमोदन भएपछि पश्चात् बैंकले ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । बैंकले बोनसमा लाग्ने करसहित ८८ करोड ४३ लाख ४६ हजार ७५८ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

Crest

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्न २०७५।७६ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सानको हिसाबकिताब प्रतिवेदन छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । त्यस्तै सभामा कुनै उपयुक्त बैंक वा वित्तीय संस्थामा मर्जर वा एक्विजिसनमा जानु परेमा आवश्यक सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभा प्रयोजनका लागि असोज १३ गते बुक क्लोज गर्ने भएको छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात भने बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS