काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारण सभा कात्तिक १ गते गर्ने भएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । सभा सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल, काठमााडौंमा साँझ ५ बजे शुरु हुने क्यापीटलले जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट शेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजीको २१ दशमलव ०५२६३२ प्रतिशत (कर सहित) नगद लाभांशको प्रस्ताव गरेको छ ।
सभामा वार्षिक प्रतिवेदनमाथिको छलफल, आर्थिक वर्ष २०७५/७६ को लेखा परीक्षकको प्रतिवेदन सहित वार्षिक नाफा नोक्सान हिसाब, लाभांश पारित र लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने लगायतको विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।