Prabhu Life Ad Final

नेप्से २२ अंकले बढ्यो, ४७ करोडमाथिको कारोबार

IME PAY
IME Life

काठमाडौं । नेप्से आज पनि दोहोरो अंकले बढेको छ । नेशेयर बजार २२ दशमलव ६८ अंकले बढेर १,१७३ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह १ सय ४३ अंकले बढेको छ ।

दिनभरिमा १ सय ७१ वटा कम्पनी १६ लाख ४५ हजार ८ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ४७ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ६ करोडमाथिको कारोबार भएको छ ।

त्यस्तै, सिद्धार्थ बैंकको ४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको २ करोडमाथिको कारोबार भएको छ । सनराइज बैंक, अपर तामाकोशी, रसुवागडी हाइड्रोपावर, कृषि विकास बैंक र प्रभु बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने कर्णली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS