Connect IPS
IME Life

सुचिकृत मध्ये पाँच बीमा कम्पनीको मात्र पुँजी पुग्न बाँकी, राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै वृद्धि गर्नुपर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सेञ्जमा सुचिकृत बीमा कम्पनीहरु मध्ये ५ वटा बीमा कम्पनीहरुको मात्र बीमा समितिले तोकेको आवश्यक न्युनतम चुक्ता पुँजी पुर्याउन बाँकी छ । यद्यपि बाँकी कम्पनीहरुले समेत बीमा समिति समक्ष चुक्ता पुँजी पुर्याउने कार्ययोजना भने पेश गरिसकेका छन् ।

नेप्सेमा सूचिकृत जीवन बीमा कम्पनीतर्फ अब एउटा मात्रै कम्पनीले दुई अर्ब चुक्ता पुँजि पुर्याउन बाँकी छ । पुँजिको लक्ष्य गुराँस लाईफ इन्स्योरेन्सले सो पुँजीको लक्ष्य हासिल गर्न बाँकी छ । गुराँस लाइफ इन्स्योरेन्सले धितोपत्र बोर्डमा शत प्रतिशत हकप्रद शेयर निस्काशनको लागि आवेदन दिएर प्रक्रिया अघि बढाई सकेको छ । सो हकप्रद पश्चात कम्पनीको पुँजी १ अर्ब ८७ करोड पुग्नेछ । सो हकप्रद पश्चात पनि कम्पनीलाई अझै ७ प्रतिशतले पुँजी अपुग हुन्छ ।

Prabhu
Crest

त्यस्तै बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई एक अर्ब पुँजी हुनुपर्ने न्यूनतम सीमा तोकेकोमा एनएलजी इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले सो पुँजीको लक्ष्य हासिल गर्न बाँकी छ ।

प्रडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले धितोपत्र बोर्डमा ६० प्रतिशत हकप्रद शेयर निस्काशनको लागि आवेदन दिएका छन् । सो हकप्रद पश्चात कम्पनीको पुँजी १ अर्ब पुग्नेछ । लुम्बिनी जनरल इन्स्योरेन्सले धितोपत्र बोर्डमा २० प्रतिशत हकप्रद शेयर निस्काशनको लागि आवेदन दिएको छ । सो हकप्रद पश्चात कम्पनीको पुँजी १ अर्ब पुग्नेछ । त्यस्तै राष्ट्रीय बीमा कम्पनी लिमिटेडको भने २७५ प्रतिशतले पुँजी वृद्धि गर्न बाँकी छ । कम्पनीको अहिलेको पुँजी २६ करोड ६६ लाख मात्र रहेको छ । पुँजिको आधारमा सबैभन्दा कमजोर संस्था राष्ट्रिय बीमा कम्पनी देखिएको छ । उक्त कम्पनी नेपाल सरकारको लगानी रहेको संस्था हो ।

पुँजी पुग्न बाँकी बीमा कम्पनीहरुको सुची :

नोट : चुक्ता पुँजी गणना गर्दा हकप्रद र बोनस शेयरको बुक क्लोज भएपछि कायम रहेको पुँजीको आधारमा गरिएको

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS