IME Life
Beema Board

प्रम ओलीको पानी जहाज सपनामा बीमा बाधक, नारायणीमा चल्ने पानी जहाजको बीमा गर्न ऐन अभाव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री ओलीले डेढ वर्षअघि प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै देख्न थालेको पानी जहाज सपना सानै भएपनि नारायणी नदिमा चलाएर छिट्टै पूरा हुँदैछ । तर, उक्त पानी जहाज चलाउनको लागि बीमा बाधक बन्ने देखिएको छ । परिक्षण गर्न कुनै समस्या नभए पनि व्यवसायिक रुपमा सञ्चालनको लागि भने बीमा अनिवार्य हुन्छ । नेपालको बीमा ऐनमा पानी जहाज बीमा गर्ने सम्बन्धी व्यवस्था नभएका कारण उक्त पानी जहाजको तत्काल बीमा नहुने भएको छ ।एक बीमा कम्पनीका सिईओले भने, ‘पानी जहाज बीमा गर्ने कानुन नै नभएकोले उक्त पानी जहाज र सोमा सवार यात्रुको बीमा गर्न सकिदैन ।’ बीमा समितिले पनि पानी जहाजको बीमा गर्न कानुन अभाव रहेको स्वीकार गरेको छ ।

बीमा ऐनमा सवारी साधन अन्तर्गत हवाई जहाज, मोटर तथा सवारी साधनको बीमा गर्ने भन्ने उल्लेख भएपनि पानी जहाज र सोमा सवार यात्रुको बीमा सम्बन्धी कुनै व्यवस्था नभएका कारण नारायणी नदिमा राईनो इन्टरनेटमेन्ट प्रा.लिले छिट्टै सञ्चालनमा ल्याउन लागेको पानी जहाज बीमा समस्याका कारण अल्झिने देखिएको छ ।

Prabhu
Crest
निर्माण अन्तिम तयारीमा पुगेको पानी जहाज ।

बीमा समितिले पनि सो सम्बन्धमा केही बताएको छैन । नयाँ बीमा ऐन संसदमा रहेकाले पनि बीमा समितिले छुट्टै संशोधन प्रस्ताव अघि बढाउन मिल्ने अवस्था छैन । बीमा ऐनमै कल्पना नगरिएको चिज सञ्चालनमा आउने भएपछि यातायात व्यवस्था विभागलाई अर्को समस्या थपिएको छ ।

प्रधानमन्त्री ओलीले पटक पटक पानी जहाजको कुरा उठाएको सन्दर्भमा बल्लतल्ला चल्न लागेको पानी जहाजलाई यातायात व्यवस्था ऐन अनुसार तेस्रो पक्ष र यात्रु बीमा नगरी सञ्चालन गर्न पाइदैन भने बीमा ऐनले पानी जहाज बीमा गर्ने व्यवस्था नभएकोले प्रधानमन्त्री ओलीको पानी जहाज सपनामा बीमा ऐन बाधक बन्ने भएको हो । नारायणी नदिमा तयार हुँदै गरेको पानी जहाज दशैं अघि नै परिक्षण गरी उद्घाटन गर्ने तयारीमा निर्माता राईनो इन्टरटेनमेन्ट पुगेको छ ।

एक पटकमा २३० जना यात्रु बोक्ने क्षमताको पानी जहाज दुई तल्ले पूर्ण वातानुकूलित हुनेछ । जहाज व्यवसायिक भन्दा पर्यटकहरुको लागि प्रयोग गरिने योजना छ । २५ किमी क्षेत्रमा जहाजबाट यात्रा गर्न मिल्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS