Prabhu Life Ad Final

सनराइज बैंकद्धारा १५.८% प्रतिशत लाभांश प्रस्ताव

IME PAY
IME Life

काठमाडौं । सनराइज बैंकले आर्थिक वर्ष २०७५ /७६ को लागि लाभांश घोषणा गरेको छ । बैकले १५ दशमलव ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ दशमलव ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५ रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, बैंकले ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गर्ने जनाएको छ ।

हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४ सय ३६.१ रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS