काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले रिजनल चिफ, लिगल अफिसर, ब्राञ्च म्यानेजर/सब ब्राञ्च म्यानेजर, मार्केटिङ एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले रिजनल चिफ पदका लागि ३ जना कर्मचारी माग गरेको छ । त्यस्तै इन्स्योरेन्सले लिगल अफिसर पदका लागि १ जना, ब्राञ्च /सब ब्राञ्च म्यानेजर र मार्केटिङ एसिस्टेन्ट/जुनियर एसिस्टेन्ट पदका केही कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले असोज १५ गतेसम्म आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।