IME Life
Beema Board

गायक राजेश पायल राईको बानेश्वरस्थित घरमा आगोलागी, कति भयो क्षति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राई ईज किङ अर्थात चर्चित गायक राजेश पायल राईको नयाँ बानेश्वरस्थित घरमा आज साँझ आगोलागी भएको छ । आगोलागीबाट राईले जीवनमा आर्जन गरेका सयौं मायाको चिनोहरु जलेर नष्ट हुन पुगेको छ ।

कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त हुन सकेको छैन । राई हाल बेलायतमा छन् । महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले कात्यानीचोक नजिकै नगेन्द्रकान्ता चोकमा पर्ने राजेश पायल राईको घरमा लागेको आगो नियन्त्रणमा लिइसकेको जनाएको छ। क्षतिको विवरण तयार गर्न बाँकी छ ।

Prabhu
Crest

अपरान्ह चार बजेको समयमा आगो लागेको एक स्थानीय प्रत्यक्षदर्शीले इन्स्योरेन्स खवरलाई बताए । आगोलागीबाट सयौंको संख्यामा मायाको चिनो तथा सम्मानपत्रहरु नष्ट भएका छन् । राईले गायन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै देश विदेशबाट पठाएका सयौं मायाको चिनोहरु जलेर खरानी हुन पुगेका छन् ।

उक्त घरको बीमा गरेको छ वा छैन भन्ने कुरा खुल्न बाँकी छ । राईको घरमा हेर्ने एक जना युवा मात्रै थिए । उनी पनि बाहिर भएको बेलामा आगो लागेको बताइएको छ । घटनामा कुनै मानवीय क्षति भएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS