IME Life

नारायणी नदिमा २३० जना यात्रु बोक्ने पानी जहाजको उद्घाटन हुँदै

SPIL
NIC ASIA

काठमाडौं । चितवनस्थित नारायणी नदिमा दशैं अघि नै मिनी पानी जहाज सञ्चालनमा आउने भएको छ । राईनो इन्टरटेनमेन्ट प्रालिले पर्यटक घुमाउने उद्देश्यले निर्माण गरिरहेको पानी जहाजको काम पूरा भएको कम्पनीले जनाएको छ । नेकपा (नेकपा) सम्बद्ध नेता कार्यकर्ताहरुको लगानी रहेको सो पानी जहाजले एकै पटक २०० जना यात्रुलाई बोक्न सक्ने क्षमता छ ।

Prabhu
Crest

नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै दशैं अघि नै नारायणी नदिमा रिभर क्रुजसिप (मिनि पानी जहाज) को परीक्षण यात्रा गर्न लागिएको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जनाए । सोमवारसम्ममा क्रुजको मुख्य इन्जिन नेपाल भित्रने र जडान कार्य सुरु हुनेछ । दशैं अघि नै परिक्षण गर्ने तयारीमा कम्पनी रहेको जनाइएको छ ।

दुई तल्ले पानी जहाजमा एसी जडित छ । पहिलो तल्लाको अगाडिको भाग र दोस्रो तल्लासमेतमा पर्यटकले उभिएर अवलोकन गर्न सक्ने कँडेलले जानकारी दिए । क्रुजमा २०० जना सिटमा अट्ने छन् भने ३० जना उभिएर यात्रा गर्न सक्ने गरी स्वरुप परिमार्जन गरिएको छ । भरतपुर महानगरपालिका–१६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो । क्रुज सञ्चालन गर्न करीब १५ करोड लागत लागेको छ । तत्कालका लागि पर्यटक प्र्रयोजनका लागि मात्र सञ्चालन गरिने जानकारी दिए ।

प्रत्येक क्रुजिङ यात्रा करीब तीन घण्टा लामा हुनेछ । काभ्रेघाटदेखि यात्रा शुरु भई देवघाट पुगेर गोलाघाटसम्म २५ किलो मिटरको दुरी रहेको यो जलयात्राको भाडा भने सार्वजनिक भएको छैन । पानी जहाजका यात्रुको बीमाबारे अन्योल छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS