काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५ ७६ को लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले १३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीहरुलाई १३ प्तिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
बोनसमा लाग्ने कर तिर्न ० दशमलव ६८ प्रतितश नगद लाभांश पनि दिनेछ । कम्पनीले २ करोड १४ लाख ५० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ११ लाख २८ हजार ९४७ रुपैयाँ नगद बाँड्नेछ ।
सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । ह
हाल लघुवित्तको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।