काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पद तथा ७ वटै प्रादेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको छ । बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६र७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको हो ।
बैंकले सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायक सम्म सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अनलाईन मार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ ।