IME Life

सनराइज क्यापिटलको पहिलो म्युचल फण्ड असोज ८ गतेदेखि निष्काशन हुने

SPIL
NIC ASIA

काठमाडौं । सनराइज क्यापिटलले असोज ८ गतेदेखि पहिलो सामुहिक लगानी कोषको इकाईहरु निष्काशन गर्ने भएको छ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको ’सनराइज फस्ट म्युचल फण्ड’ योजनाको इकाई निष्काशन गर्न लागेको क्यापीटलले जनाएको छ ।

क्यापिटलले प्रति इकाई मूल्य १० को दरले १० करोड इकाई निष्काशन गर्न लागेको हो । यस मध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्रि भएको संख्याको १५ प्रतिशत कोष प्रबर्दक सनराइज बैंकको लागि सुरक्षित राखिएको छ । बाँकि ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गर्ने जनाएको छ ।

Prabhu
Crest

यस सामुहिक लगानी कोष योजनाको सनराईज बैंक कोष प्रबर्द्क रहेको छ भने सनराइज क्यापिटल कोष ब्यबस्थापकमा रहेको छ ।

इकाइधनीहरुले आवेदन दिँदा न्युनतम एक सय इकाई र अधिकतम एक करोड इकाईको लागि आवेदन दिन सक्नेछन् ।

इच्छुकहरुले छिटोमा असोज १२ गतेसम्म र उक्त समय सम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा कार्तिक ७ गतेसम्म आवेदन दिन सक्ने क्यापीटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS