SKIP THIS

IK Anniversary
IME Life

दराजको दशैं सेल धमाका, मोबाईल हल्लाउनुस्, उपहार पाउनुस्

SPIL
NIC ASIA

काठमाण्डौं । अनलाईन सपिङ दराजले नेपालीहरुको राष्ट्रिय पर्व दशैंको अवसरमा दराज दशैं धमाका सार्वजनिक गरेको छ । आज भदौं २९ गतेदेखि सुरु हुने दशैं धमाका असोज १३ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ ।

दशैंको अवसर पारेर दराजले शेक शेक गेम फेरी यस अभियानमा लिएर आएको छ । शेक शेक गेम अन्तर्गत आकर्षक भाउचरहरु जित्न उपभोक्ताहरुले २८–३० भदौ र ३–५ असोज को बीच हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र दराज एप खोली आफ्नो मोबाइल फोन हल्लाउने खेल हो । यस गेममा मोबाईल हल्लाएर आकर्षक उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

यस अभियान अन्तर्गत उपभोक्ताहरुले ६०% सम्मको छूट भएको मेगा डिल्स्, दशैं दक्षिणा डिस्काउन्ट भौचर, मिस्ट्री बक्स्, कलेक्टिबल भाउचरहरु, गेम जोन, तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

दशैं को उपलक्षमा दराज ले महा बम्पर उपहार पनि लिएर आएको छ । लक्की ड्र मार्फत एक भाग्यशाली उपभोक्ताले टिभिएस अपाचे आरटिआर १६० सिसी को मोटरसाईकल जित्नेछन् । यसको लागि असोज १३ भित्रै दराजमा शपिङ गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यसैबीच, दराजले बीमा नगरी सामान डेलीभरि गर्ने गरेको पत्ता लागेको छ । दराजले विभिन्न कम्पनीहरुको सामान अर्डर अनुसार ग्राहकको घरघरमा पुर्याउने काम गर्दछ । बीमा नगरिएको कारण डेलिभरीको समयमा क्षति भएमा कसले व्यहोर्ने भन्ने कानुनी समस्या आउने देखिएको छ । सो सम्बन्धमा सम्पर्क गर्दा दराजका अधिकारीहरु सम्पर्कमा आउन चाहेनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS