सुनको मुल्य घट्यो, प्रति तोला ७० हजार २ सय रुपैयाँमा कारोबार

110

काठमाडौं । सुनको भाउ विस्तारै ओरोलो लाग्ने क्रम जारी छ । आज सुन तोलाको ४ सय रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले नै घटेको हो । भने चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला ८४० रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्