IME Life

एलआईसी नेपालको अभिकर्ता राष्ट्रिय सम्मेलन सम्पन्न, उत्कृष्ट अभिकर्ता पुरस्कृत

SPIL
NIC ASIA

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) कोे अभिकर्ता, वजार प्रतिनिधि र एजेन्सी म्यानेजरहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । यही भाद्र २६ र २७ गते काठमाण्डौमा सम्पन भएको सम्मेलनमा दशैभरिबाट छानिएका ११० एजेन्सी म्यानेजर र ४५० अभिकर्ताहरु गरी जम्मा ५६० जनाले सहभागिता जनाएको कम्पनीले जनाएको छ । कम्पनीमा आबद्ध ४४ हजार अभिकर्ताहरु मध्येबाट उत्कृष्ट कार्यसम्पादन मापदण्ड पूरा गरेकाहरु राष्ट्रिय सम्मेलनका लागि छानिएका थिए ।

Prabhu
Crest

अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि भारतबाट आएका बीमा प्रशिक्षक विजयकुमार झाले विशेष प्रशिक्षण प्रस्तुत गरेका थिए । त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले गत आबको व्यवसायिक समिक्षा गर्दै चालुु आबको लागि तयार गरिएका योजनाहरुको बारेमा प्रकाश पार्दै यस वर्ष अपनाइने रणनीतिका सम्बन्धमा अभिकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा आ.ब. २०७५/७६ का उत्कृष्ट १० जना एजेन्सी म्यानेजरका साथ प्रथम बीमाशुल्क आर्जनको आधारमा उत्कृष्ट तीन जना अभिकर्ताहरु अन्जन भण्डारी, पूर्ण वहादुर खडका तथा राधिका शिवाकोटी र बीमालेख बिक्री संख्याको आधारमा उत्कृष्ट तीन अभिकर्ताहरु किरण साह नायक, कामिनी देवी ठाकुर र रन्जना सिंहलाई शिल्ड तथा प्रशंसापत्रबाट सम्मानित गरिएको कम्पनीका सचिव विनोद कुमार भुजेलद्वारा शनिबार जारी बिज्ञप्तिमा जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS