IME Life

डिसहोमले ल्यायो विभिन्न प्याकेजमा अफर, फन्ड ट्रान्सफर मार्फत रिचार्ज गर्दा भारी छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिसहोमले अनलाइनमार्फत सेट टप बक्स रिचार्ज गर्दा भारी छुट दिने विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । डिसहोम फन्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र वार्षिक रिचार्ज गर्दा विभिन्न छुट दिइने गरी विभिन्न प्याकेजहरु सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

३ महिनाको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागि ग्राहकले आफूलाई मनपरेको कुनै एक एड अन प्याकेज छानीछानी लिन सकिने जनाएको छ ।

Prabhu
Crest

वार्षिक रिचार्ज गर्दा पहिले चार हजार दुई रुपैयाँमा भएको बेसिक प्याकेज तीन हजार छ सय रुपैयाँमै हेर्न सकिनेछ ।

यस्तै, मिडियम प्याकेज चार हजार आठ सयको सट्टा चार हजार दुई सय, बेसिक प्लस पाँच हजार एक सयको सट्टा चार हजार पाँच र मिडियम प्लस ५ हजार ७०० रुपैयाँको सट्टा ४ हजार ९९८ रुपैयाँमा हेर्न सकिने समेत कम्पनीले जनाएको छ

सुपर एचडी ६ हजार रुपैयाँको सट्टा ४ हजार ९९९, प्रिमियम एचडी ७ हजार दुई सयको सट्टा पाँच हजार ७९९ र लाइफस्टाइल एचडी दश हजार आठ सयको सट्टा आठ हजार चार सयमै उपलब्ध हुने छ भने छुट सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायकमार्फत रिचार्ज गर्दा प्राप्त नहुने पनि डिसहोमले जानकारी गराएको छ ।

फन्ड ट्रान्सफर सेवा डिसहोमको नेपालभर रहेका आधिकारिक बिक्रेतालगायत सबै डिलरहरुमा उपलब्ध रहेको छ । कम्पनीले हप्ताको सातै दिन चौबिसै घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन, मोबाइल एप, आइभीआर सेवा, एसएमएस सेवा तथा विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS