IME Life

बीमा समितिद्वारा ब्याकडेटेड बीमालेख जारी नगर्न निर्देशन, एकल बीमामा ऋण लिन महिना दिन पुग्नैपर्ने

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कारोबारमा अनेकन बेथितिहरु भित्रन थालेपछि नियमनकारी निकाय बीमा समितिले १९ वटै कम्पनीहरुलाई ब्याक डेटेड बीमा पोलिसी जारी नगर्न कडा निर्देशन दिएको छ ।

बीमा समितिले १९ वटै जीवन बीमा कम्पनीका नाममा यही भदौं १६ गते जारी गरेको निर्देशनमा एकल जीवन बीमा गराई तत्कालै ऋण लिने गलत संस्कार रोक्न भनेको छ । गत भदौं १२ गते बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईसहितको उपस्थितिमा सबै जीवन बीमा कम्पनीका सिईओहरुसँग भएको छलफलमा समेत समितिले निर्देशन दिएको स्मरण गराउँदै कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा हस्ताक्षरित निर्देशनमा भनिएको छ, ‘एकल बीमा शुल्कको हकका व्यक्तिगत रुपमा जारी भएको बीमालेख एक महिना पूरा भएपछि मात्रै ऋण सुविधा दिने गरी व्यवस्था गर्न र त्यस्तो बीमालेख ब्याकडेटेडर नगर्ने भनि निर्णय भएको हुँदा सोही बमोजिम कार्य गर्नु गराउनु हुन जानकारी गराइन्छ ।’

Prabhu
Crest

जीवन बीमा क्षेत्रमा ब्याकडेटेड बीमा पोलिसी जीवन बीमा क्षेत्रमा गलत संस्कारको रुपमा हुर्कदै गएकोले यस्तो निर्देशन दिनु परेको बीमा समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS