Prabhu Life Ad Final

एनआइसी एशिया बैंकको मोरङमा ३ नयाँ शाखा विस्तार

IME PAY
IME Life

काठमाडौं । एनआइसी एशिया बैंकले मोरङमा वुधबार ३ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरङ जिल्ला, विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखा कार्यलय सञ्चालनमा ल्याएको हो । नयाँ शाखा कार्यालयको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका थिए ।

त्यस्तैगरी बैंकले विराटनगरमा नै हाटखोलास्थित हाटखोलामा पनि शााखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरेका हुन् ।

हाल बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५४ एटीएम, ५८ वटा एक्स्टेन्सन काउन्टर एवम ४१ वटा शाखारहित बैंकिङमार्फत् करिब १८ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ,भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS