IME Life

शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको माईनर अप्रेशन, मुटुको क्याथलेटर झिकियो

SPIL
NIC ASIA

काठमाडौं । गत साता सिंगापुरमा उपचार गराएर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर निकाल्न बुधबार विहान त्रिवि शिक्षण अस्पतालमा माईनर अप्रेशन गरिएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा क्याथेटर निकाल्न खुट्टाको नशामा माईनर अप्रेशन गरिएको जनाइएको छ । अप्रेसशन गरेको स्थानमा सानो घाऊ मात्रै हुन्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमी नेतृत्वको टोलीले सिंगापुरमा प्लाज्मा फेरोसिस गर्दा प्रधानमन्त्रीको मुटुमा राखिएको क्याथेटर यही निकालिएको हो । उनले कुनै उपचारको लागि अप्रेशन गरेको नभई उता जडान गरिएको डिभाईस निकालेको बताएका छन् ।

Prabhu
Crest

प्रधानमन्त्री ओली स्वस्थ्य छन् । आजै बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पार्टी सचिवालयको बैठक बोलाइएको छ । करिब १५ मिनेटमा क्याथेटर निकाल्ने काम सम्पन्न भएको र सो लगत्तै प्रधानमन्त्री ओली निवास फर्किसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS