IME Life

चेक बाउन्समा कडाई गर्दै राष्ट्र बैंक , एक सातामा पनि नसाटिए कालोसूचीमा पर्ने

SPIL
NIC ASIA

काठमाडौं । चेक बाउन्समा राष्ट्र बैंकले कडा नीति लिएको छ। राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशीका जारी गर्दै ब्यालेन्स नभएको खाताको चेक काटे वा चेकमा हस्ताक्षर नमिले थप कार्बाहीको व्यवस्था गरेको हो ।

दुई दिनपछि पनि रकम भुक्तानी नभएको खण्डमा चेकको रकम पाउनेले भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखित रुपमा जानकारी दिन सक्ने छ । यस्तो निवेदन चेक जारी भएको मितिले ६ महिना भित्र दिइसक्नु पर्ने उक्त निर्देशीकामा उल्लेख छ ।चेक दिनेले चेकको हस्ताक्षर नमिलेको व्यहोरा चेक दिने व्यक्ति वा संस्थालाई बैंक र वित्तीय संस्था मार्फत जानकारी गराउनु पर्ने छ ।

Prabhu
Crest

चेक दिनेले चेकमा सही हस्ताक्षर नगरेमा वा चेक परिवर्तन नगरेमा धारक –चेकको रकम पाउनुपर्ने व्यक्तिले पहिलो पटक चेक पेश गरेको २ कार्यदिन पश्चात चेकको रकम भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखित रुपमा जानकारी दिन सक्ने छ ।

उक्त जानकारी प्राप्त भएपति चेक दिने व्यक्तिलाई बैंक तथा वित्तिय संस्थाले चेकको रकम भुक्तानी गर्न सात दिनको सूचना दिनुपर्ने छ । उक्त सात दिन भित्र पनि चेकमा उल्लेखीत रकम भुक्तानी हुन नसकेमा बैंक तथा वित्तिय संस्थाले कालोसूचीमा सूचीकृत गर्न सूचना केन्द«मा जानकारी दिनुपर्ने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS