IME Life

यसरी चिन्नुहोस् सक्कली नोट, नयाँ पाँच सय र एक हजार रुपैयाँका नोटको विषेशता

SPIL
NIC ASIA

काठमाडौं । नेपालीहरुको महान चाड दशैको तयारी देशैभर भव्य रुपमा हुन थालेको छ । दशै नजिकिदै गर्दा नेपाल राष्ट्र बैंकले पनि नयाँ नोट बजारमा पठाउँदै छ । विगतका भन्दा सेक्यूरिटी फिचर लगायत केही संसोधन भएका नोट चिन्न सर्वसाधारणहरुले यस बारे बुझनु जरुरी छ ।

दशैको समयमा जताततै नक्कली नोटको विकविक्ती हुने सम्भावना हुन्छ । त्यसैले पनि मानीसहरु सक्कली र नक्कली नोट छुटाउन सक्दैनन् । नक्कली नोटको प्रभाव व्यक्तिमा मात्र नभई सिङगो अर्थतन्त्रमै पर्न सक्छ ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले राष्ट्रिय पर्व दशैको अवसर पारेर पाँ सय र एक हजार दरका नयाँ नोट बजारमा पठाउँदै छ । विगतमाभन्दा केही फरक (चित्रमा हेर्नुहोस्) नोटहरु बजारमा प्रवाह गर्ने भएपछि वेभ साइटमा सूचना जारी गरी नयाँ नोटको नमुना सार्वजनिक गरिसकेको छ ।

नयाँ एक हजार रुपैयाँ नोटका विषेशताहरु
पानीछाप :नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।

उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटकोअग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

See Through Register
Nepal Rastra Bank को संक्षिप्त रुप NRB को केही अंश नोटको अग्रभागमा र उक्त NRB को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ ।

नोटको उक्त ल्च्द्य प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट ल्च्द्य देखिन्छ । उक्त ल्च्द्य अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

Intaglio Print
नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।”, भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहिनहरुका लागि राखिएका तीन वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका  Intaglio Print विशेषताहरु हुन्।

उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।

सुरक्षण धागो :सुरक्षण धागोमा ल्च्द्य र उक्त NRB को ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएका छ ।

नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।

नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।

उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटका अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।
नोटः नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लिखित सम्पूर्ण सुरक्षण विशेषताहरु भए/नभएको बारे यकिन गर्नु पर्ने हुन्छ ।

उल्लिखित सुरक्षण विशेषताहरु सिरिज वि.सं. २०७३ (नोटको अग्रभागमा लेखिएको) अथवा 2016 A.D. (नोटको पृष्ठभागमा लेखिएको) नोटमा रहेका छन्। उक्त सिरिजभन्दा अघिल्लो रु. १००० दरको नोटहरुमा भएका सुरक्षण विशेषताहरु माथि उल्लिखित सुरक्षण विशेषताहरुभन्दा केही फरक रहेका छन्।

नयाँ पाँच सय रुपैयाँ नोटका विषेशताहरु
पानीछाप : नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टच लाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।

उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा पाटे बाघ भएको भाग) दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

सुरक्षण धागो : सुरक्षण धागोमा NRB,, बाघको आकृति र ५०० क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।

नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।

उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइन हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।
उक्त सुरक्षण धागो नोटलाई हेरिने कोणको आधारमा फरक–फरक रंगमा परिवर्तन हुन्छ । सामान्य अवस्थामा (प्रकाश प्रसारण नहुने) नोटको अग्रभागमा हेर्दा उक्त सुरक्षण धागो रातो रंगको देखिने र नोटलाई केही ढल्काएर हेर्दा हरियो रंगको देखिने हुन्छ ।

See Through Register
Nepal Rastra Bank को संक्षिप्त रुप NRB  को केही अंश नोटको अग्रभागमा र उक्त NRB  को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ । नोटको उक्त ल्च्द्य प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट ल्च्द्य देखिन्छ

Intaglio Print
नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ ।”, कुवेरको आकृति, फरक क्षमता भएका दृष्टिविहिनहरुका लागि राखिएका दुई वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका Intaglio Print विशेषताहरु हुन् ।

उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएका प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।
नोटमा रहेको कुवेरको आकृतिको रंग नोटलाई हेरिने कोणको आधारमा फरक– फरक रंगमा परिवर्तन हुन्छ । सामान्य अवस्थामा (प्रकाश प्रसारण नहुने) नोटको अग्रभागमा हेर्दा उक्त आकृति सुनौलो रंगको देखिने र नोटलाई केही ढल्काएर हेर्दा उक्त आकृति हरियो रंगको देखिने हुन्छ
नोटः नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लिखित सम्पूर्ण सुरक्षण विशेषताहरु भए/नभएको बारे यकिन गर्नु पर्ने हुन्छ । उल्लिखित सुरक्षण विशेषताहरु सिरिज वि.सं. २०७३ (नोटको अग्रभागमा लेखिएको) अथवा 2016 A.D.।(नोटको पृष्ठभागमा लेखिएको) नोटमा रहेका छन्। उक्त सिरिजभन्दा अघिल्ला रु. ५०० दरको नोटहरुमा भएका सुरक्षण विशेषताहरु माथि उल्लिखित सुरक्षण विशेषताहरुभन्दा केही फरक रहेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS