Prabhu Life Ad Final

एटिएम सिष्टम ह्याकमा बैंकको गल्ती देखिएन, दोषी को ?

IME PAY
IME Life

काठमाडौं । गत साताको शनिबार साँझ नेपालका १८ वटा बैंकका एटिएम ह्याक गरी करोडौं रकम चोरी गरेको विषयमा नेटवर्क स्वीचिङको काम गर्दै आएको नेप्सले सिंगापुरबाट बोलाएको टोलीले हालै आफ्नो प्रतिवेदन बुझाएको फर्केको छ ।
सो टोलीले बुझाएको प्रतिवेदनमा के छ भन्ने खुल्न सकेको छैन । बैंकको नेटवर्क स्वीचिङ अपरेट गर्ने निकायको नियमन गर्न कानुनको अभाव हुँदा नियमनकारी निकायले सोही प्रतिवेदनकै आधारमा कारवाही गर्न भने सक्नेछैन । यद्यपि घटनामा नेप्सको त्रुटी यसअघि नै सार्वजनिक भइसकेको छ ।

नेप्समा बुझाएको प्रतिवेदन राष्ट्र बैंकमा पुगिसकेको छैन । सुत्रका अनुसार एटिएम ह्याकमा कुनै पनि बैंक तथा वित्तिय संस्थाको त्रुटी भेटिएको छैन । बैंक तथा वित्तिय संस्थाको त्रुटी नभएको अवस्थामा दोषी को ? गम्भिर प्रश्न चिन्ह उठेको छ ।

सूत्रका अनुसार १८ वटै बैंकको सेक्युरिटी सिष्टममा कुनै समस्या देखिएको छैन । बरु एटिएम कार्ड व्यवस्थापन गर्ने जिम्मेवारी लिएको कम्पनी नेप्सलाई दिएको गेटवे स्वीच नेप्सले लिईसकेपछि ह्याक हुनुले नेप्सको गम्भिर त्रुटी देखिएको जनाइएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन भने फरेन्सिक प्रतिवेदन नै आवश्यक पर्दछ ।

नेप्सले फरेन्सिक टोलीको लागि सिंगापुरको भेरी जोन कम्पनीबाट बोलाएकोमा सो टोलीले प्रारम्भिक चरणमै समस्या पत्ता लगाएर दोषी पहिचान गरि फर्केको जनाइएको छ । उक्त ह्याक प्रकरणमा कहाँ कहाँ त्रुटी भयो र कसरी ह्याकरहरुले सजिलै सिष्टमभित्र एक्सेस पाए भन्ने कुरा बाहिर उक्त फरेन्सिक प्रतिवेदन सार्वजनकि हुन आवश्यक छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS