Connect IPS
IME Life

एनएमबि बैंक र डीकेसीबीच सम्झौता, नेपालीलाई जापानमा रोजगारी तथा कर्जाको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंक र जापान र दाइ–इची कङ्ग्यो क्रेडिट कोअपरेटिभ (डीकेसी)बीच सम्झौता भएको छ । बैंकले नेपालमा रहने नेपाली समुदायको बैंकिङ आवश्यकतालाई सहजीकरण गर्ने उद्देश्यले उक्त जापनीज संस्थासँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र डीकेसीका प्रमुख निर्देशक (चिफ डाइरेक्टर) मोबुयुकी नित्ताले सम्झोतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता ग्लोबल एलाइन्स फर बैंकिङ्ग अन भ्यालुजको भारतको कोचीमा सम्पन्न तेस्रो एसिया प्यासिफिक च्याप्टरको बैठकका सम्पन्न गरिएको हो ।

Prabhu
Crest

एनएमबि बैंकको सिफारिसमा केडिसीले नेपाली नागरिकहरुलाई जापानमा रोजगारी तथा कर्जा उपलब्ध गराउने सम्झौतापत्रको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ ।

एनएमबि बैंकको परामर्शमा जापानमा मानिसहरूलाई रोजगारी र ऋणका अवसर प्रदान गर्ने तथा मार्गप्रशस्त गर्नुका अलावा सहमतिपत्रमा जापानमा रहेका गैर आवासीय नेपालीहरू (एनआरएन) लाई विदेशी मुद्राको खाता तथा जापानबाट नेपालमा रेमिट्यान्स् प्रवाहमा पनि सहजीकरण गर्ने जनाएको छ ।

एनएमबि बैंक नेपालमा जीएबीभीको एकमात्र सदस्य हो भने डीकेसी जापानमा आफ्ना सहकारीका सदस्यहरू बसोबास गरिरहेका क्षेत्रहरूमा दिगो विकास र जीवनस्तरमा सुधार गर्ने उद्देश्य राखेर स्थापना भएको संस्था हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS