IME Life

१०% बोनश पारित गर्न कुमारी बैंकको एजिएम असोज ११ गते, यस्ता छन् अन्य एजेण्डाहरु

SPIL
Sanima Reliance

काठमाडौं । कुमारी बैंकको १९ औं बार्षिक साधारण सभा असोज ११ गते हुने भएको छ । भदौ २० गते बसेको बैंक संचालक समितिको बैठकको निर्णय अनुसार बैंकले उक्त सभाको मिति तय गरेको हो । सभा नक्साल ब्यांकेट, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ ।

सभामा बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १० प्रतिशत बोनस र यसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने कर तिर्न भने ४ करोड ५७ लाख १३ हजार ५४२ रुपैयाँ नगद लाभांश बाँड्ने जनाएको छ ।

Crest
Meta Holidays

साधारण सभा प्रयोजनका लागि बैंकले भदौ २९ गतेदेखि असोज ११ गतेसम्म बुक क्लोज गर्नेछ । भदौ २८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् ।बोनस सेयरपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने एजेज्डा पनि सभामा रहेको छ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६/8७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४३९ रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x