काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ ।
नेप्से परिसूचक ३ दशमलव ७० अंकले ११९१ दशमलव ०७ बिन्दूमा पुगेको छ कुल १६७ कम्पनीको ९ लाख ५७ हजार कित्ता शेयर २९ करोड १ लाख ७७ हजार रुपैयाँमा कारोबार भएको छ ।
निर्जिवन बीमा र म्युचअल फन्ड समूहको परिसूचक बाहेक अन्य बाँकी सबै समूहको परिसूचमा गिरावट आएको छ ।
नेपाल लाईफको कारोबार सबैभन्दा धेरै भएको छ । यस बैंकको १ करोड ५१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
त्यस्तै आधिखोला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ९ दशमलव ७८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ६ प्रतिशतले घटेको छ ।